समाचार

प्रधानमन्त्री ओली र एमाले नेता खनाल, माधब नेपालको जन्मदिनमा यसरी देखिए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ६५ औँ जन्मोत्सवका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ नेता नेपालको ६५ औँ जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले फूलको बुकी प्रदान गरेर उनलाई दीघार्यूको कामना गरेका हुन् ।

यसैगरी, प्रधानमन्त्री ओलीले ‘बर्थ–डे केक’ खुवाएर नेता नेपाललाई शुभकामना दिए । नेता नेपालले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई धन्यवाद दिँदै आफ्नो जन्मोत्सवको केक खुवाए ।

पार्टी स्थायी कमिटी बैठकमा नेता नेपालको जन्मदिन मनाइएको हो । जन्मदिनको अवसरमा पार्टीका नेताहरुले नेता नेपाललाई शुभकामना व्यक्त प्रदान गरेका थिए ।
एमाले बरिष्ठ नेता झलनाथ खनालले बुके दिएर पूर्बप्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए ।