राजनीति

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ ।

बैठकमा काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सोमबारमात्र संसदीयदलको निर्बाचनमा भारीमतका साथ बिजयी भएका पार्टी सभापति शेरबहादुर देउवाले बुधबार राखेको बैठकले सरकारलाई रचनात्मक रुपमा सहयोग र बिरोध गर्ने रणन्ीति तयार गर्ने अनुमान गरिएको छ ।