राजनीति

काँग्रेस संसदीय दलको नेतामा भारी मतकासाथ सभापति देउवा निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित भएका छन् ।

केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

आजबिहान १० बजेबाट १ बजेसम्म भएको संसदीय दलकाृे कार्यालयको निर्बाचनमा सभापति देउवा भारी मतका साथ बिजयी भएक छन् ।