समाचार

हुण्डी कारोवार गर्ने तीनलाई १६ लाख रकमसहित प्रहरीले पक्राउ गर्यो

काठमाण्डौ । हुण्डी कारोबारमा संलग्न रहेको आधारमा तीन ब्यक्तलाई अनुसंधानको क्रममा प्रहरीले पक्राउ गरेको छ । माहानगरिय प्रहरी प्रभाग काठमाण्डौका अनुसार जयराम कार्की, कृष्ण गोपाल अग्रवाल र मुष्कान तामाङ पक्राउ परेका छन् ।
हुण्डी कारोबार गर्नुभन्दा अगाडी नीजहरुले पवि क्षेत्री र लक्ष्मी देवी चपाईलाई फेसबुक मार्फत परिचित व्यक्तिले वेलायतबाट ४० हजार पाउण्ड उपहार परेको र उक्त उपहार दिल्ली हुदै नेपाल पुग्ने भनी जानकारी गराएको र केही दिनपश्चात तपाईहरुको उपहार दिल्लीमा आईपुगेको भनी अर्को व्यक्तिले पटक पटक दिल्लीबाट फोन गरेकोले पिडितहरुले उक्त उपहारको लागि रकम माग गरेकोले उक्त उपहारको लोभमा परी पटक पटक गरी ५१ लाख रुपैया पठाएको भेटिएको छ ।

प्रहरीका अनुसार, पिडीतहरुलाई दिल्लीबाट फोनमा वताए अनुसार काठमाण्डौ सितापाईला वस्ने वर्ष ४१ को जयराम कार्कीलाई पिडितले ४ पटक गरी ४६ लाख रुपैया दिल्ली पठाउनका लागि दिएको खुलेको छ ।
जयराम कार्कीले उक्त रकम दिल्लीको व्यक्तिलाई पठाउन भनी सुनसरी धरान स्थायी घर भई हाल काठमाण्डौ खिचापोखरीमा जय दुर्गा ट्रेड ईन्टरनेशनल नामक कस्मेटिक होलसेल पसल संचालन गरी वस्ने नारायण अग्रवाललाई दिएका थिए । उक्त कार्कीले दिएको रकम अग्रवालले दिल्ली बस्ने पंकज अग्रवाललाई पठाएका थिए ।

नारायण अग्रवालको नाममा रहेको उक्त कस्मेटिक पसलमा खानतलासी गर्दा १५ लख ६२ हजार ९२० रुपैयां श्रोत नखुलेको रकम समेत भेटिएको छ भने कस्मेटिक पसलमा मेनेजरको रुपमा काम गर्ने कृष्ण गोपाल अग्रवालको मोवाइलमा हुन्डी कारोबार गरेको म्यासेज समेत भेटिएको छ । नारायण अग्रवाल अमेरिकामा रहेको खुलेको छ भने रराकेस गुप्ता फरार छन् । राकेश गुप्ता र नारायण अग्रवगाललाई प्रहरीले मुख्य कारोबारी भनेको छ ।

जयराम कार्की, कृष्ण गोपाल अग्रवाललाई भने मतियारको रुपमा लिएको छ । अनुसंधानको क्रममा पक्राउ परेकाहरुसंग प्रहरीले मोवाईल केही थान चेकबुक समेत नियन्त्रणमा लिएको छ ।