समाचार

निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण

काठमाडौँ । यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचनमा खटिने निर्वाचन अधिकृतलाई प्रशिक्षण दिएको छ ।

निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने जनशक्तिलाई आज एकदिने निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण सञ्चालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपतिको निर्वाचन आफैँमा महत्वपूर्ण निर्वाचन भएको र निर्वाचन व्यवस्थापनमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको बताए ।

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा भाग लिने उम्मेदवारको निर्वाचन प्रचारप्रसार खर्चको सीमा निर्धारण गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उनका अनुसार एक जना उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा बढीमा रु चार लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ ।