आर्थिक

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले मोरङमा थप दुई साखा खोलेको छ । शनिबार देखि मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नरपालिका वडा नं. ४, कुशल चोकमा आफ्नो ७३ औँ र सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नंं. ६, कठौना बजारमा ७४ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

मोरङ्ग जिल्लाको कुशल चोकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको पथरी शनिश्चरे नरपालिकाका उप–मेयर यमुना बिष्ट तथा ग्लोबल आइएमई बैंकका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा समुद्घाटन गरे ।

उक्त सेवाको लागि स्थानिय सोमनाथ आचार्यलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी सोहि मितिमाा सप्तरी जिल्लाको कठौनामा खोलिएको सेवाको शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्र प्रसाद चौधरी तथा ग्लोबल आइएमई बैंक का रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा समुद्घाटन गरे । कठौनामा खोलिएको सेवाको लागि स्थानिय शिव नारायण चौधरीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।