स्वास्थ्य

गलैँचा मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण

भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले शनिबार मध्यपुर थिमि नगरपालिका–६ मा रहेका गलैँचा कारखानाका मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण गरेको छ । स्थानीय हिमालयन उल क्राºट गलैँचा उद्योगमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बाबुकाजी श्रेष्ठले अभिमुखीकरण गरेका थिए।

उनले मजदुरलाई क्षयरोगको कारण, यसका लक्षण र रोकथाम तथा उपचारका विधिका बारेमा जानकारी दिएका थिए। प्रशिक्षणका क्रममा उहा“ले उपचार गरे निको हुने क्षयरोगलाई लुकाएर राखे ठूलो क्षति गर्न सक्ने भन्दै आºनो रोगलाई नलुकाऔँ र केही समस्या आएको खण्डमा क्षयरोग संस्था वा स्वास्थ्य संस्थामा गई सम्पर्क राख्न आग्रह पनि गरे ।
सरकारले सन् २०५० भित्र नेपाललाई क्षयरोग मुक्त देश बनाउने महाअभियान सञ्चालन गरिरहेको सन्दर्भमा सबैको सहयोगको खाँचो रहेको बताउँदैं उनले क्षयरोगलाई उपचारको दायरामा ल्याएर नियमित औषधि सेवन गरे निको हुने जानकारी दिए ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाको नगर कार्यपालिका सदस्य अरुणा कारञ्जितले क्षयरोगका बारेमा स्थलगत जानकारी दिनु निक्कै सराहनीय कार्य भएको चर्चा गर्दै क्षयरोग निवारणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका सभापति राम सिख्वःले संस्थाले निरन्तर रुपमा स्थानीय जनस्तरमा विभिन्न संघसंस्थाको सहयोगमा क्षयरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।