अन्तर्राष्ट्रिय

लिबियामा आइएस आतङ्ककारी पक्राउ

त्रिपोली । लिबियामा बम विस्फोट र आत्मघाती आक्रमणमा संलग्न रहदै आएका इस्लामिक स्टेट्स (आइएस) लडाकूका पाँच सदस्य पक्राउ परेका छन । लिबियाली गृह मन्त्रालयले शुक्रबार सो जानकारी दिएको छ ।

ती आतङ्ककारीहरुले सुरक्षा अधिकारी र सरकारी कार्यालयहरुमा कारबम र आत्मघाती आक्रमण गर्ने तयारी रहेका लिबियाली गृह मन्त्रालयका विशेष सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ परेका ती आतङ्ककारीहरुले लिबियाको विभिन्न सहरमा आक्रमण गरेको स्विकार गरेपछि उनीहरु पक्राउ परेका थिए ।

आइएस आतङ्ककारी समूहको बलियो पकड रहेको सहर सिर्तेमा सन् २०१५ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघका सहयोग लिबियाली सरकारले आइएस लडाकूलाई निकालेको थियो ।

सिर्ते सहर त्रिपोलीबाट ४५० किलोमिटर पूर्वमा रहेको छ । सोही समयबाट आइएस लडाकूहरु देशको दक्षिण उपत्यका र पहाडी क्षेत्रमा भागेका थिए ।