समाचार

बिबादित डा. केसी प्रधानन्यायधीश पराजुली बिरुद्ध पुनः अनशन बस्दै

काठमाण्डौ । अनशन बसेर नै भाईरल बनेका टिचिङ अस्पतालका आवाशीय चिकित्शक डा. गोबिन्द केसी पुनः अनशन बस्ने भएका छन् । सर्बोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई माहाअभियोग लगाएर हटाउनुपर्ने माग राख्दै फागुन २९ गतेबाट उनले अनशन बस्ने बताएका छन् ।

प्रा.डा. केसीले प्रधानन्यायाधीशलाई साँसदले माहाअभियोग लगाएर हटाउनुपर्नेसंसंगै चिकित्शा शिक्षा जाँचबुझ आयोगले दोसी ठहर्याएकालाई कारबाही गर्नुपर्ने माग गरेका छन् । न्यायालयको छबि सुधार्नका लागी पराजुलीलाई जसरीपनि हटाउनुपर्ने उनको माग छ ।

प्रधानन्यायाधीश पराजुलीको अबकाश हुने समय आईसकेको छ भने डा. गोबिन्द केसी समेत आफ्नो नागरिकतामा तीनवटा जनममिति राखेको बिषय सार्बजनिक भएपछि बिबादित बनेका छन् ।

प्रधानन्यायाधीश भएपछि प्रधानन्यायधीश पराजुली नागरिकता लगायत बिभिन्न बिषयमा बिबादमा आईरहेका छन् ।