पर्यटन/संस्कृति

‘काठमाडौँ कला मेला’ शुरु

काठमाडौँ । ललितकला मञ्चको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा ‘काठमाडौँ कला मेला’ शुरु भएको छ । स्वदेशी कला, संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यही फागुन २८ गतेसम्म जारी रहने मेलामा हस्तकला, चित्रकला, मूर्तिकला, फोटोग्राफीलगायत विधामा करिब २०० कलाकारका सिर्जना समावेश गरिएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलले पूर्वीय कला, संस्कृति निर्माणको विशेषता तथा ऐतिहासिक पक्षका आधारमा नेपालको कलाकारिताले विश्वमा विशिष्ट पहिचान बनाएको हुँदा यिनको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले कला अभिव्यक्तिको सशक्त माध्यम भएको हुँदा समाज परिवर्तनमा यस क्षेत्रले सकारात्मक र सशक्त प्रभाव पार्ने बताए ।
नेकपा (एमाले) सांस्कृतिक विभाग प्रमुख खगेन्द्र राईले देशमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरताले गर्दा समग्र सांस्कृतिक क्षेत्र ओझेलमा परेकामा चिन्ता व्यक्त गरे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभाग प्रमुख सुष्मा राजभण्डारीले नेपाली ललितकला क्षेत्रलाई फराकिलो बनाउन उक्त मेलाले सहयोग पु¥याउने विश्वास गरे ।

मञ्चका अध्यक्ष लालकाजी लामाले काठमाडौँ उपत्यका बाहिरका कलाकारको सिर्जनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नो संस्थाले विभिन्न समयमा कला प्रदर्शनी, कार्यशाला, अन्तकृयालगायत कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए