पु.समाचार

सीमा क्षेत्रमा स्तम्भ पुनःनिर्माण

दाङ । दाङको नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनःनिर्माण गरिएको छ । भारतसँग जोडिएको दाङ भू–भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक रहेका छन् । तीमध्ये हालसम्म नेपाल र भारतले ५९ वटा सीमा स्तम्भ मर्मत गरिसकेका छन् ।

नेपालले १४ मुख्य र २१ सहायक सीमा स्तम्भको निर्माण गरिसकेको छ भने बाँकी चार मुख्य र एक सहायक सीमा स्तम्भ बनाउन बाँकी रहेको बताएको छ । नेपाल र भारत सरकारको सहमतिअनुसार नेपालले विजोर र भारतले जोर संख्याका सीमा स्तम्भ मर्मत गरिरहेको बताएको छ ।

निर्माण तथा मर्मतको कामसँगै पेन्टिङ र नम्बरिङ भइरहेको सीमा सुरक्षा बल कोइलावासका सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले जानकारी दिए । लामो समयसम्म सीमास्तम्भको मर्मत नहुँदा सीमा क्षेत्रनै मेटिने अवस्थामा रहेको थियो ।

नेपालको तर्फबाट नापी विभागका चिफ सर्वे अफिसर बलराम पोख्रेल र भारतको तर्फबाट एसएसबिका अनुरागकुमार शर्माको टोली सीमा स्तम्भको पुनःनिर्माण र मर्मतमा खटिएको छ ।