खेलकुद

नीष्ट कलेजको २५ औं रजत जयन्ती, म्याराथुनमा प्रथम भए सुजित र अमिशा

काठमाण्डौ । नीष्ट कलेजले आफ्नो रजत जयन्तीको उपलक्षमा बिहान म्याराथुन कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । म्याराथुन प्रतियोगीतामा सहभागी भएक झण्डै एक हजार जनामा पुरुष तर्फ सुजित बजगाई भएक छन् । बजगाईले ३१ मीनट लागाएर ११ किमी दूरी कुदेका थिए । यस्तै महिलातर्फ अमिष श्रेष्ठले ३९ मिनट लगाएर प्रथम भएकी थिईन् । लैनचौरस्थीत कलेजको चौरबाट लाजिम्पाट, महाराजगञ्ज, बसुन्धरा, गोंगबु, कपुरधारा हुंदै कलेजमै आएर टुंगिनैगरी धावनमार्गको तय गरिएको थियो ।

पुरुष तर्फ दोस्रो मिलन भट्ट र तृतीय प्रदीप क्षत्री भएका छन् । भट्टले ३१ मिनट ४५ सेकेण्ड लगाएका थिए भने तृतिय हुने क्षत्रीले ३२ मिनट १० सेकेण्ड लगाएका थिए । त्यस्तै महिलातर्फ रिमा लामाले ४८ मिनट लगाएर दोस्रो भएकी थिईन् भने तृतिय हुने अप्सरान श्रेष्ठले ४८ मिनट लगाईन् ।

कार्यक्रममा संस्थाका फाउण्डर प्रिन्सिपल डा.माधब प्रसाद बरालले धेरै दुःख गरेर निण्ट कलेजलाई एउटा उचाई दिन सफल भएको जनाउदै २५ औं बर्षभरी यस्तै कृयाकलापहरु गरेर कलेजको गुणस्तर अझ सुधार्दै लाजे बताएका थिए । आजबाट २५ औं रजत जयन्ती बिभिन्न जिल्लामा समेत कार्यक्रमहरु गरी फागुन २४ गते पुरस्कार बितरण तथा रजत जयन्ती सम्पन्न गर्ने कार्यक्रम रहेको कलेजका बिभागीय प्रमुख अमृत गौतमले बताए ।

संस्थाका भाईसप्रिन्सिपल, मिडीयाकर्मीहरु लगायत बिद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रम प्रिन्सिपल डा. बरालको सभापतित्व तथा अन्तराष्ट्रिय धावक रामकृष्ण महर्जनको पमुख आतिथ्यमा सम्पन्न भएको थिायो । प्रमुख अतिथी रामकृष्ण महर्जनले नीष्ट कलेजले थोरै रकममा गुणस्तरीय शिक्षा प्रदान गरेको आफूले सुनेको हुंदा उक्त कलेजमा अध्ययन गर्दा बिद्यार्थीहरुलाई फाईदामात्र हुने बताएका थिए ।

-कलेजको २५ औं बार्षिकोत्शवको रजत जयन्तीको अवशरमा आयोजीत म्याराथुनमा पुरुषतर्फबाट प्रथम हुने सुजित बजगाई र महिलातर्फबाट अमिशा श्रेष्ठ । तस्विर/सुर्यखबर