समाचार

ट्रकमा लुकाई राखिएको २८ किलो गाँजा सहित ३ जना भारतीय पक्राउ

काठमाण्डौ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरोले ट्रकमा लुकाई राखिएको २८ किलो गाँजा सहित ३ जना भारतीय पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले समयमा भारत उत्तर प्रदेश जिल्ला मुजफ्फरनगर थाना कोतवाली ग्राम दक्षिण खाला ठेगाना भएका वर्ष २० को मो.रवीश, सोही जिल्ला शामली रसुलपुर गुजरान ठेगाना भएका वर्ष ३७ को अरशद र सोही जिल्ला सारनपुर थाना देवन गुज्जर ठेगाना भएका वर्ष ४७ को तासवर अली समेत जना–३ लाई निजहरुले प्रयोग गरेकोग्एज्ञढतद्धडद्धडनम्बरको भारतीय ट्रकको पिछा गर्दै जाँदा पक्राउ परेका हुन् ।

प्रहरीले धादिङको गल्छी चोकमा ट्रकको चेक–जाँच गर्ने क्रममा ब्यूरोको टोलीले ट्रकको चालक सिट पछाडी सिटमुनी फल्स बटम बनाई प्लाष्टिकको बोरा भित्र ३५ वटा पोका बनाई लुकाई–छिपाई राखिएको अवस्थामा लागु औषध गाँजाको धुलो २८ किलो ७०० ग्राम सहित तीन जना भारतीय नागरीकहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ गरी उक्त ट्रक सहित निजहरुलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गजुरी, धादिङमा बुझाईएको ब्यहोरा जानकारीको लागि अनुरोध ।
अभियुक्तहरु लामो समय देखी ट्रकको प्रयोग गरी गाँजा, चरेसको ओसार–पसार कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीले अनुमान गरेको छ ।