आर्थिक

गोरखाको छेपेटारमा स्राँग्रीला बिकास बैंकको साखा उद्घाटन

काठमाण्डौ । सांग्रिला डेभलपमेण्ट बैंकले गोरखाको छेपेटारमा एक साखा खोलेको छ । बालुवाटार, काठमाण्डौे केन्द्रीय कार्यलय रहेको उक्त बैंकका संचालक समिति अध्यक्ष प्रा. डा. श्री रविन्द्र प्रसाद श्रेष्ठ तथा सिरानचोक गाउँपालिका, गोरखाका प्रमुख एवं साविकको कसमस डेभलपमेन्ट बैंकका पूर्व संचालक राजु गुरुङ्गले संयुक्त रुपमा उक्त साखाको उद्घाटन गरेका छन् ।

मंगलबार बैंकका ग्राहकहरु, शेयरधनीहरु तथा शुभचिन्तकहरुको उपस्थितमा विकास बैंकको छेपेटार, गोरखा स्थित एक्सटेन्सन काउण्टरको स्तरोन्नति भई शाखा कार्यालयको रुपमा औपचारिक उद्घाटन सम्पन्न भएको हो ।

साथै, बुधबार थकालीहरुको महान चाड तथा नयाँ वर्ष “तोरन्ल पर्व, २०७४” को सुखद घडीमा थकाली सेवा समाज, विनायक बस्ती, बालाजु, काठमाण्डौमा मुस्ताङ्ग जिल्लाको तर्पmबाट प्रतिनिधि सभाका सांसद माननीय प्रेम प्रसाद तुलाचन तथा यस विकास बैंकका संचालक समितिका अध्यक्ष प्रा. डा. श्री रविन्द्र प्रसाद श्रेष्ठको बाहुलीबाट यस बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसनद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत, ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु तथा शुभचिन्तकहरुको समेत उपस्थितिमा ए.टी.एम. सेवाको विधिवत उद्घाटन सम्पन्न भएको बैँकले जानकारी गराएको छ ।

निकट भविष्यमा नै संचालनमा आउन लागेको वनस्थली, काठमाण्डौ स्थित यस विकास बैंकको शाखा कार्यालयको अधिनमा रहने गरि शुरु गरिएको उक्त ए.टी.एम. यस बैंकका ग्राहकर्वगहरुलाई सेवा प्रदान गर्नका साथै थकाली सेवा समाज तथा त्यस क्षेत्रका वासिन्दाहरुलाई पर्ने वित्तीय सेवा ए.टी.एम. मार्फत पूरा गर्ने उद्देश्यले संचालनमा ल्याइएको हुँदा सोबाट त्यस क्षेत्रका सम्पूर्ण वासिन्दाहरु तथा बैंकका ग्राहक वर्गहरु लाभान्वित हुने विश्वास यस बैंकले लिएको छ ।