समाचार

एमाले बरिष्ठ नेता भरतमोहन अधिकारी मेडिसिटी भर्ना, केहिबेरमा शल्यकृया हुंदै

जावलाखेल । नेकपा एमालेका बरिष्ठ नेता एबम् पूर्ब अर्थमन्त्री मरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् । नेकपा एमालेका पुराना एबम् प्रभाबशाली नेता अधिकारीलाई ललितपुरस्थीत मेडिसिटी अस्पतालमा उपचारको लागी भर्ना गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार बिरामी भएपछि एकबर्ष अघि नै उपचारका लागी बैकक लगिएपनि उनको आजै केहीबेरमा आमाशयमा सल्यकृया हुने जनाईएको छ । नेकपा एमालेका लोकप्रीय अध्यक्ष तथा स्व. पुर्बप्रधानमन्त्रीका भाई समेत रहेका अर्थविद अधिकारीे नेकपा एमालेलाई ठूलो योगदान गरेका नेतामा गनिन्छन् ।

अस्पताल बाहिर भेट्न आउने शुभेक्षुक तथा कार्यकर्ताको भीड लागेको छ । डाक्टरले भने केहीबेरपछि भेट्न नमिल्ने बताएको छ ।