राजनीति

समृद्धिको कुरा गर्ने नभई जनताले अनुभूत गर्ने गरी नै समृद्धिका काम गर्नेछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताए । उनले भने, “सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभूत गर्ने गरी नै समृद्धिका काम गर्नेछौँ ।”

प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाललाई अल्पविकसित देशको सूचीबाट विकसित देशमा स्तरोन्नति गरिने बताउँदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताए ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्दै ‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरीयता आवश्यक छ”, उनले भने ।