पु.समाचार

फागुको सांगीतिक कार्यक्रममा झडप

त्रिशूली, नुवाकोट । फागु पूर्णिमाका अवसरमा स्थानीय बट्टारमा आयोजित सांगीतिक कार्यक्रममा तोडफोड गर्ने चार जना पक्राउ परेका छन् ।
आज साँझ विदुर नगरपालिका वडा नं ४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रहरीलाई हातपात र गाडी तोडफोड गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सांगीतिक कार्यक्रम भइरहेका समयमा मदिरा सेवन गरी  होहल्ला गर्दा विवाद उत्पन्न गराउने विदुर –६ इनारपाटीका २५ वर्षीय किशोर केसी, २० वर्षीय श्रीकृष्ण कुमाल, १९ वर्षीय सरोज कुमाल र १७ वर्षीय निरज कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंँवरले जानकारी दिए । उनीहरुलाई प्रहरीलाई हातपात गर्नाका साथै प्रहरीको बा २ झ २१९ नंको स्कोर्पियो गाडीको सिसा तोडफोड गरेको आरोप लगाइएको छ ।