अन्तर्राष्ट्रिय

ट्रम्पका सहयोगी होप हिक्सद्धारा राजीनामा, ह्वाईटहाउसलाई धक्का

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीले आफ्नो पदवाट राजिनामा दिने बुधबार घोषणा गरेकी छन् । पूर्व मोडल समेत रहेकी राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेको बताइएको छ ।

हिक्सले ट्रम्पसँग अमेरिकी राष्ट्रपति हुनुभन्दा पहिलेदेखि नै कामगर्दै आएका छन् । उनी राष्ट्रपति ट्रम्पका लामो समय काम गर्ने सहयोगीमध्येका एकजना हुन् ।

गत सेप्टेम्बर महिनाबाट २९ बर्षीया हिक्स ह्वाइट हाउसमा सञ्चार निर्देशक पदमा नियुक्त भएका थिए । राष्ट्रपति ट्रम्पले हिक्स साँच्चिकै असल व्यक्ति भएको टिप्पणीगर्दै उनको अभाव खट्किने बताएकी छन्।
हिक्सले आफूले राजिनामा दिने भनेर प्रकाशन गरेको एक विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई घन्यवाद दिने कुनै शब्द नभएको बताएका छन् ।

हिक्सले राजिनामा दिने घोषणा गरेको भए पनि कहिलेबाट लागू हुनेहो भन्ने बारेमा भने प्रष्ट नभएको ह्वाइट हाउसका प्रवक्ताले बताएकी छन्।

उनले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा आफूले झुटो नबोलेको बताएको अमेरिकी सञ्चार माध्यमहरुले बताएकी छन्।

सन् २०१६ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमाका समयमा हिक्सले ट्रम्पको प्रेस सचिवका रुपमा काम गरेको बताइएको छ ।

सन् २०१७ को जनवरीमा ट्रम्प राष्ट्रपति भएपछि उनले नियुक्त गरेका सहयोगी तथा सल्लाहकारमध्ये पदबाट राजीनामा दिने उनी तेस्रो व्यक्ति हुन् ।