अन्तर्राष्ट्रिय

रासायिक अस्त्र निमार्णमा उत्तर कोरियाले सिरियालाई सहयो गरेको अमेरिकाको दाबी

वाशिङटन । सिरियामा रासायनिक हातहतियार निमार्ण गर्न सक्ने सामानहरू उत्तर कोरियाले पठाइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका विज्ञहरूले निकालेका नतिजाहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले उत्तर कोरियाले प्रतिरोधी टायल, भल्स र पाइपहरू पठाएको बताएका हुन् ।

सिरियाली अस्त्र निर्माण कारखानाहरूमा प्योङयाङका क्षेप्यास्त्र विशेषज्ञहरू देखापरेका राष्ट्रसंघको सार्वजनिक गरेको प्रतिवेदनमलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

सिरियाली फौजले क्लोरिन ग्यास प्रयोग गरिरहेको भन्ने समाचार आएपछि अमेरिकी सञ्चारमाध्यले पछिल्लो खबर सार्वजनिक गरेका हुन् । सिरिया सरकारले भने क्लोरिन ग्यास प्रयोग गरिएको कुरा अस्वीकार गर्दै आएको छ ।

पारमाणविक कार्यक्रमलाई लिएर उत्तर कोरियाले हाल अन्तर्र्रािष्ट्रय प्रतिबन्धहरू झेल्दै आएको छ ।

एउटा चिनियाँ कम्पनीमार्फत सन् २०१६ को अन्त्य र २०१७ को शुरूतिर पाँच खेप ती सामग्रीहरू सिरिया पु¥याइएको द वाल स्ट्रीट जर्नलमा प्रकाशित गरिएको छ । सिरिया र उत्तर कोरियाबीच दशकौँदेखि सैन्य सम्बन्ध रहिआएको छ ।