समाचार

एक हाकिमलाई दुईलाख घुषसहित अख्तियारले पक्राउ गर्यो

सिराहा । अख्तियार दुरुपयोग अनुसंधान आयोगले घरेलु तथा साना उद्योग कार्यालय लाहानका प्रमुख राजेन्द्रकुमार कर्णलाई पक्राउ गरेको छ । बुधबार साँझ कर्णको निवासमा खटिएको आयोगको टोलीले घुष लिदालिदै बुधबार पक्राउ गरेको हो ।

आफू निर्दोस रहेको दाबी गर्ने कर्णले एक कार्यक्रमका लागी छुट्याईएको कार्यालयको बजेटको १० प्रबिशत कमिसन मागेपछि ईटहरीस्थीत अख्तियारको कार्यलयलाई खबर गरेका थिए । एसपी किशनसिंह थापाका अनुसा मानब अधिकार तथा वातावरण विकास केन्द्र लाहानका एक कर्मचारीबाट दुईलाख घुषसहित कर्ण पक्राउ परेका छन् ।
कर्ण ६ बर्षदेखी उक्त कार्यालयमा कार्यरत छन् । अख्तियारले पक्राउपश्चात अनुसंधान गरीरहेको बताईएके छ ।