राजनीति

बिनासहमति महाकालीमा भारतले चार पुल बनाउदा समेत राष्ट्रबादी प्रधानमन्त्री ओली मौन

दार्चुला । राष्ट्रियताको वकालत गरेर स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचनमा नेपाली जनताको पर्याप्त समर्थन पाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् ।

प्रधानमनत्री बनन्नुभन्दा अगाडी नै सोल्टी होटलमा भारतीय बिदेश मन्त्री सुस्मा स्वराजलाई भेटेर केही राष्ट्रियताको खोक्रोपन उदाँग पारेका ओलीले भारतीले नेपालीपक्षको सहमतीबिना बनाएको पुलको बारेमा केही बोलेका छैनन् ।

भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ, त्यो राम्रो होईन तर प्रधानमन्त्रीको प्रतिकृया किन आएन त्यो सोचनीय बिषय छ ।

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायीरुपमा काठे पुल लगाएको स्थानीयवासीले बताएका छन् ।

हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवत जावत गर्ने गरेका छन् । भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ । केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हेभी इक्युपमेन्ट (डोजर) ढुवानी गर्न भन्दै पत्रमार्फत अनुरोध गरेको थियो ।

भारतीयको अनुरोधबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ भने गृह मन्त्रालयबाट अझै स्वीकृति नआएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

भारतले आफूलाई आवश्यक पर्ने चारवटा अस्थायी काठे पुल निर्माण गरिसकेको छ । भारतले लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमि भएर तीनवटा डोजर आफ्नो भूमि लगेको छ । डोजरले नेपाली भूमिमा बाटोसमेत खनेको छ । नेपालको तम्बाकु खोलादेखि थिइको भिरको फेदसम्म भारतीय पक्षले पैदल बाटोसमेत निर्माण गरेको व्यास गाउँपालिका अध्यक्ष दिलीप सिंह बुढाथोकीले जानकारी दिए ।

भारतले लगाउने झोलुंगे पुल तथा बाटो निर्माणका बारेमा आगामी फागुन २१ गते पिथौरागढमा हुने नेपाल र भारतका अधिकारीको समन्वय बैठकमा एजेण्डासमेत बन्नेभएको थियो ।

काठेपुल निर्माण गरे/नगरेको विषयमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, दार्चुला र जिल्ला प्रहरी कार्यालय बाट खटिएको संयुक्त टोलीले अनुगमन गरेपछि पुल निर्माण गरेको पुष्टि भएको हो । “सीमा नदीमा अस्थायी पुल निर्माण तथा दुई देशबीच सुरक्षाका हिसाबले कुनै पनि कार्य गर्दा समन्वय गर्नुपर्ने हो, भारतीय पक्षबाट समन्वय भएन, प्रजिअ गौतमले भने ।

पुल निर्माण नेपालको मानव बस्तीभन्दा माथि छ । दुम्लिङभन्दा माथि पुल लगाइएका कारण नेपालीले भने पुल प्रयोग गर्न पाएका छैनन् । व्यासको वडा नम्बर २ को दुम्लिङ बस्तीभन्दा माथि निर्माण गरिएको पुलले नेपालीलाई फाइदा नपुग्ने भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकी नेतृत्वको टोलीले आफूहरुले समेत प्रयोग गर्नेगरी काठे पुल लगाउनुपर्ने माग गरेका छन् ।

स्थानीय बासिन्दाको माग तथा निर्बाचनमा प्रधानमनत्री ओलीसँग जनताले आशा गरे अनुसार एमाले र प्रधानमन्त्री चल्ने वा नभल्ने त्यो भने हेर्न बाँकी छ । भारतले नेपाल बिरुद्ध गर्ने यस्ता प्रकारका अन्यायबिरुद्ध सरकारले कस्तो कदम चाल्छ त्यो हेर्न बाँकी छ । नाकाबन्दीकोबेला समेत प्रधानमनत्री रहेका ओलीले त्यसबेलदा केही सकारात्मक रोल खेलेका थिए ।