आर्थिक

टिभिएस जुपिटर क्लासिकको पोखरा र चितवनमा अनावरण

काठमाडौं । जगदम्बा मोटर्स,नेपालमा टिभिएस स्कूटरर मोटरसाइकलको आधिकारिक वितरकले टिभिएसको पहिलो जुपिटर क्लासिक पोखरा र चितवनमा सार्वजनिक गरेको थियो । नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली बजारमा आफैंमा युवाहरु माझ स्थापित तथा लोकप्रिय भईसकेको छ ।

यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडीकलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतका सुबिधा छन् । चालकलाई सुखद अनुभूति र उच्चगति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिन्छ ।

‘टिभिएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फियुलइफिसेन्सी रहेको छ ।
पूर्णत मेटल बढिमा निर्माण भएको जुपिटर क्लासिक सडकमा गुडाउँदा उच्च कोटीको सवारी साधन देख्न्छि । चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ । जसले हाम्रो अर्थ व्यवस्थामा सहयोग पुग्छ ।

क्षेत्रीय शुभारम्भ कार्यक्रमको उद्घाटनमा जुपिटर क्लासिकको ब्राण्डएम्बेस्डर, आयुष्मान जोशी र प्रियंका कार्कीले नेपाल आइडलका लोकप्रिय प्रतिस्पर्धी मध्येका एक सुरज थापाका साथमा उपस्थित भएका थिए । यसअघि, सो कार्यक्रममा सुरज थापाले ग्राहकहरुका लागि मनोरन्जन तथा रिफ्रेसमेन्टका लागि सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए । क्षेत्रीय शुभारम्भ फागुन ९ गते पोखराको सभा गृहमा र फागुन १० गते चितवनको टिभिएस शोरुम भरतपुर ओरालोमा भएको थियो।