खेलकुद

लिटिल एन्जल्स लोयल्टी फुटबल च्याम्पियन

काठमाडौं । लिटिल एन्जल्स स्कुल (एलए) आठौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छ ।

मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा एलएले हिमालय बोर्डिङ स्कुललाई ५–४ गोलअन्तरले पराजित ग¥यो । एलएका प्रज्ज्वल भट्टले २ तथा कप्तान भार्गव सिलवाल, लक्ष्य महर्जन र जोस्वा बुढाथोकीले १–१ गोल गरे । हिमालयका इसम कार्कीले २ तथा क्षितिज लामा र सुवेश केसीले १–१ गोल गरे । हिमालयका सुवेश फाइनल खेलको ‘म्यान अफ द म्याच’ बने ।

एलएका भार्गव केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ८ गोल गरेका एलएका प्रज्ज्वल भट्ट सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । काष्ठमण्डप विद्यालयले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, लोयल्टीकी संस्थापक निर्देशक नन्दा सुब्बा, प्रिन्सिपल योगेशचन्द्रविक्रम सम्बाहाम्फेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ६ गतेदेखि सुरु नकआउट प्रतियोगितामा आयोजक लोयल्टीको दुईसहित १६ टिम सहभागी थिए ।