खेलकुद

पाटन र गोल्डेनगेट फाइनलमा

काठमाण्डौ । पाटन बहुमुखी क्याम्पस र गोल्डेनगेट इन्टरनेसनल कलेज क्यारेबियन कप अन्तरकलेज टि– ट्वेन्टी क्रिकेट प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा पाटनले आयोजक क्यारेबियनलाई ११ रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १२२ रन जोडेको थियो । पाटनका ‘म्यान अफ द म्याच’ घोषित राजन चौधरीले ४६ तथा सुवास नेगीले ३७ रन जोडे ।
जवाफमा क्यारेबियन निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १११ रनमा अलआउट भयो । विशाल थापाले ३० रन बनाए ।
पुल्चोक इन्जिनिएरिङ कलेजको मैदानमा भएको दोश्रो सेमिफाइनलमा गोल्डेनगेटले नेपाल कमर्स क्याम्पस (एनसीसी) लाई ८ विकेटले हरायो ।
सुरुमा ब्याटिङ गरेको एनसीसीले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन जोड्यो । महेश क्षेत्रीले ३३ रन जोडे ।
प्रत्युत्तरमा गोल्डेनगेटले ३ बल बाँकी छँदा मात्र २ विकेट क्षतिमा १५३ रन बनाउदै फाइनलमा स्थान सुनिश्चित ग¥यो । जितेन्द्रसिंह ठकुरीले ७१ बलमा शतक बनाए । ‘म्यान अफ द म्याच’ जितेन्द्रले ३ विकेट पनि लिए । फाइनल बुधबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् ।