पु.समाचार

उपसचिब बस्नेतले कामबाट निकालेपछि आत्माहत्या प्रयास गरेका योगेश्वर…..

जावलाखेल । कार्यालय सहायक योगेश्वर आचार्य बन मन्त्रालय अन्तर्गतको बनस्पति हर्मोनियम प्रयोगशाला गोदावरी ललीतपुरमा करारमा कार्यरत छन् । ३० बर्षका स्ललितपुरका स्थानीय बासिन्दा आचार्य बिगत ८ बर्षदेखी कार्यरत उक्त स्थानमा करारमा कार्यरत थिए ।

तीन महिना अगाडीदेखि आचार्यसहित ५ जनालाई जागीर खाईदिने धम्की उपसचिब हाकिम बिनोद बस्नेतले धम्की दिए । बस्नेत ३ महिना अघि नै उक्त स्थानमा सरुवा भएर अँएका थिए । बाँकी कर्मचारी अलि बाठो भएका कारण म्याद थपेपनि उनको हाकीमले म्याद थपेनन् ।

बिबाहीत खाचार्यका ८३ बर्षका हजुरबा ललिततपुरमा नै बस्दै आएका छन् । आचार्यको सट्टा हाकिमले आफ्न्तलाई करारमा भर्ना गरेको अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघका केन्द्रीय अध्यक्ष भुपाल रसाईली बताउछन् ।

काममा निकालिएका आचार्य ललितपुरस्थीत पाटन अस्पतालमा प्रयास गरेका कारण भेन्टिलेटरमा छन् । डोरिमा झुण्डीएको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले उद्दार गरी अस्पताल लगेका थिए । घटना कार्यालय परिसरभित्रै भएको बुझिएको छ ।
उनको उपचार हाकिमले पुरै खर्च गर्ने भनेका छन् जम्मा डेढ लाख खर्च पठाएको अध्यक्ष रसाईलीले बताए । वाईरिङगर्ने, कम्युटरका मुख्य काम सबै गर्न जानेका आचार्यलाई नियुक्ती भने सानो पदमा दिईएको थियो ।

करार कर्मचारी संघले पहिले उपचार गर्नुपर्ने र त्यसपछि यस्ता घटना नदोहोरिनेगरी बर्खास्त गरिएका आचार्यलाई पुननियुक्ती गर्नुपर्ने माग गरेको छ । होस नआएपनि अहिले डेन्टिलेटरमा राखिएका आचार्य खतरामुक्त रहेको डाक्टरले बताएको अध्यक्ष रसाईलीले बताए ।

 

उपसचिब बस्नेतको नम्बरमा फोन गर्नखोज्दा सम्पर्क हुन सकेन ।