राजनीति

देश र जनतालाई केन्द्रबिन्दुमा राखेमात्र राष्ट्रियता बलियो हुन्छ : डा. कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले उत्तर अथवा दक्षिणतर्फ फर्केर छिमेकीलाई गाली गरेर राष्ट्रियता बलियो नहुने बताएका छन् । डा कोईरालाले यतिबेला मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर बनेको बताउँदै देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरे मात्रै राष्ट्रियता बलियो हुने बताए ।

सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानले काभ्रेको पनौतीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले भने “पार्टी नेतृत्वले बिभिन्न समयमा गरेका अलोकप्रिय निर्णयहरूकै कारण काँग्रेसले पराजयको सामना गर्नुपर्यो।

अब हामी काँग्रेसलाई पूरानै अवस्थामा जसरी पनी फर्काउँछौं।”  कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका सभापती मधू आचार्य लगायतले मन्तब्य राखेका थिए ।
डा कोईराला बिराटनगरबाट प्रितिनिधिसभाको निबाृचनमा पराजय भएपनि देशभर संगठनको काममा हिँड्न छाडेका छैनन् ।