पर्यटन/संस्कृति

कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा

काठमाडौं । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अष्ट्रेलियन राजदुत पिटर ग्रिमी बड, कतारका राजदुत यूसुफमोहम्मद अल–हायल र कन्ट्रि म्यानेजर जयप्रकाश नैयरको समेत उपस्थिती रहेको थियो ।

उक्त पत्रकार सम्मेलनमा कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले एयरवेजको ब्यापकविस्तार योजनातथा अष्ट्रेलियामाथपयात्रु ल्याउने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले क्यानबेरन्सलाई दोहा स्थित हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआईए)को माध्यमबाट ब्यापक वैश्विक सञ्जालसंग जोड्ने प्रतिबद्धता समेत जाहेर गरे ।
‘अष्ट्रेलियामा हाम्रो पाँचौ गणतब्यका रुपमा क्यानबेरामा नयाँ दैनिक उडान सेवा सञ्चालनगर्न पाउँदा हामी निकै उत्साहित छौँ । नयाँ उडान सेवाले अष्ट्रेलियन यात्रुहरुलाई थप सहजता उपलब्ध गराउनुका साथै हमाद ईन्टरनेशनल एयरपोर्ट, ट्रान्जिट मार्फत हाम्रो वैश्विक सञ्जालद्वारा ब्यापक गणतब्यको छनोटका लागि समेत सघाउनेमा हामी विश्वस्त छौँ’, कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले भने ।

क्यानबेरामा सञ्चालितनयाँ उडान तालिकाले अष्ट्रेलियन महादेशको कार्गो क्षमतामा ६ सय ३० टन प्रति हप्ताभन्दा बढीले बृद्धि दिलाउने कम्पनीले जानकारी दिएको छ । कतार एयरवेजले आफ्नो बोइङ बी७७७ विमान मार्फत क्यानबेराका लागि दैनिक उडान सेवा उपलब्ध गराउने छ ।

बी७७७ द्वारा बिजनेस क्लास मार्फत ४२ फ्ल्याटबेड सिट र ईकोनोमी क्लासमा ३१६ सिट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । साथै फ्लाइटमा यात्रागर्ने यात्रुले एयरलाइन्सको अत्याधुनिक सुविधा सम्पननमनोरञ्जन प्रणाली मार्फत यसमा उपलब्ध रहेका बहु संख्यक मनोरञ्जनका विकल्पको मज्जा लिन सक्नेछन् ।