आर्थिक

इन्भेष्टमेन्ट बैंकका एकैदिनमा ३ वटा साखा

फाल्गुन । नेपाल इन्भेष्टमेण्ट बैंकले एकै दिन पर्वत, बैतडी र भोजपुरमा गरी तीनवटा शाखा विस्तार गरेको छ । यीसँगै अब बैंकको शाखा संख्या ६६ वटा पुगेको छ ।

पर्वतको जलजला गाउपालिका, बैतडीको सुर्नया गाउपािलकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउपालिकास्थित तिवारी भन्ज्याङमा क्रमशः ६४औं, ६५ औं र ६६औं शाखा विस्तार गरेको हो ।

पर्वतको जलजलासहित दमौली, वालिङ, पोखरा, लेकसाइट गरी प्रदेश नम्बर ४ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५ वटा शाखा पुगेको छ । त्यस्तै बैतडीको सतबाजसहित दिपायल, मंगलशेन धनगढी गरी प्रदेश नम्बर ७ मा नेपाल इन्भेष्टमेण्ट बैंकको ४ वटा शाखा पुगेको छ । यसैगरी भोजपुरको तिवारी भन्ज्याङसहित विर्तामोड, उर्लाबारी, विराटनगर, इटहरी, गाईघाट, खादबारी र लुक्ला गरी अब प्रदेश नम्बर १ मा नेपाल इन्भेष्टमेण्ट बैंकको ८ वटा शाखा पुगेको छ ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उदेश्य रहेको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६२ अर्ब रुपैयाँ रहेको यस बैंकको हाल निक्षेप रु. १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी रु. १ सय १४ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले दि बंैकरू, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक ूबैंक अफ दि इयरू उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट क वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।