राजनीति

अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा पोखराको विकास सम्भव

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन्।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नं ४ द्वारा यहाँ आज आफ्नो सम्मानमा आयोजित कार्यक्रममा उहाँले मुस्ताङको कोरालादेखि पोखरा हुँदै सुस्ता त्रिवेणी जोड्ने सडकको विकास र निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएमा पोखरालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास हुने भएकाले कोराला नाकादेखि त्रिवेणी सडक निर्माणका लागि आवश्यक छलफल भइरहेको बताईन् ।

जनजाति महासंघ प्रदेश नं ४ का संयोजक झकबहादुर थापा मगरले नवनिर्वाचित मुख्यमन्त्री गुरुङसहित, उद्योग, वन तथा वातारणमन्त्री रामशरण बस्नेत, प्रदेशसभा सदस्य प्रभा कोइराला, मनबहादुर गुरुङ, चित्रकुमारी सुवेदी, मीना गुरुङ, इन्द्रधारा विष्टलगायतलाई सम्मान गरिन् ।