पु.समाचार

नरसंहारको अभियोग लागेका रेशम चौधरीलाई थुनामा राख्न दियो अदालतले आदेश

काठमाण्डौ । कैलाली घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई थुनामा राख्न जिल्ला अदालत कैलालीले फैसला गरेको छ । चौधरीलाई अदालतले फैसला हुन बाँकी रहेकोले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
फरार रहेका चौधरी आज अदालतमा आत्मासमर्पण गर्न आएका थिए । टीकापुरमा नरसंहार भएको मूख्य दोषी अभियुक्त चौधरीलाई लाग्ने गरेको छ । उनको बिषयमा अदालतमा बहस चलिरहेको छ । प्रतिनिधि सभा सदस्य निर्बाचनमा कैलालीबाट उनी बिजयी समेत भएका छन् ।