राजनीति

प्रधानमनत्रीद्वारा दोस्रो पटक मन्त्रीपरिषद बिस्तार, थापा गृह र खतिवडा अर्थ

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मन्त्रीपरिषद बिस्तार गरेका छन् । माओबादीका तर्फबाट रामबहादुर थापालाई गृहमन्त्रालय र मात्रृका यादबलाई उद्योग मन्त्रीमा राष्ट्रपतिबाट समेत पद तथा गोपनीयताको सपथ ख्वाईएको छ ।

भने नेकपा एमलेको तर्फबाट माहासचिब इश्वर पोख्रेललाई रक्षा मन्त्रालय, युवराज खतिवडालाई अर्थमन्त्रालय दिईएको छ । युवराज खतिवडा पूर्ब गभर्नर एबम् ओली सरकारले राष्ट्रिय सभामा मनोनीत गठरेका साँसद हुन् । सर्बोच्च अदालतले आन्तिरिम आदेश दिएर उक्त मनोनयन तत्कालका लागी रोक्न आदेश दिएपनि प्रधानमन्त्री ओलीले बिबादित राष्ट्रिय सभा सदस्य खतिवडालाई अर्थमन्त्री बनाईएको छ ।

एमालेबाट यसअघि नै लालबाबु पण्डीत र यममाया थापा मन्त्री बनेका थिए । तीन सदस्यीय मन्त्रीपरिषद आजबाट ७ सदस्यीय भएको छ नियमले अझै ११ जना मन्त्री बनाउन मिल्नेछ ।

एमाले र माओबादीभित्रको आन्तरिक कलहका कारण नेताहरुको नाम छान्न अपठ्यारो परेपछि आज ४ जनाकोमात्र सपठ ख्वाईएको स्रोतको दाबी छ । स्रोतका अनुसार बाँकी मन्त्रीहरुपनि प्रधानमनत्रीले चाँडैने सपथ खानेछन् । यसभन्दा अघि ७ जना उपप्रधानमन्त्री राखेर जनताको नजरमा बद्नामी कमाएका प्रधानमन्त्री ओलीले बर्तमान सरकारमा भने उक्त पद नराख्ने बताईएको छ । त्यसै भएर माओबादी केन्द्रका नेता रामबहादुर थापालाई गृहमन्त्रालय र एमालेका बरिष्ठ नेता ईश्वर पोख्रेललाई उप पद दिईएको छैन ।

माओबादी केन्द्रका नेताहरु बर्षमान पुन र जनार्दन शर्मालाई गृहमनत्रीका रुपमा हेरिएपनि आजको मन्त्रिपरिषद बिस्तारमा अन्य मन्त्रालयमा समेत उनीहरु परेनन् ।