आर्थिक

रेन वाटर हार्भेस्टेङ प्रणाली अब टिचिङ हस्पिटलमा

काठमाडौं । बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टेङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रम स्मार्ट पानी प्रालिले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई त्रिभुबन युनिर्भसिटि टिचिङ हस्पिटलमा हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम फागुन १४ गते त्रिभुबन युनिर्भसिटि टिचिङ हस्पिटलमा भएको हो ।

सामाजिक अभियान मार्फत समाजमा सकारात्मक प्रभाव पार्न प्रतिवद्ध कोका(कोला कम्पनीले जल दक्षता, जल संरक्षण, जल प्रतिस्थापना र एकीकृत जल संसोधन व्यवस्थापनको निम्ती निरन्तर काम गर्दै आएको छ ।

त्रिभुवन युनिर्भसिटी टिचिङ हस्पिटलका निर्देशक प्रोफेसर डा दिपक प्रकाश महराले भने ‘हामी आभारी छौं पहिलो आरडब्लुएच र जि.डब्लु.आर योजना हाम्रो यस अस्पतालबाट सुरु गर्न पायौं । हामी देशकै सबैभन्दा ठुलो र धेरै बिरामीलाई सेवा दिने केन्द्रमा रहेको चिरपरिचित अस्पताल हौं । यो सिस्टमले हामीलाई हाम्रो क्षमता वृद्धिमा निकै सहयोग पुग्ने विस्वास लिएका छौं । त्यसको लागि हामी बोटलर्स नेपाल र स्मार्ट पानीलाई यो योजना यस अस्पतालमा सफलता पुर्वक कार्यन्यवन गर्न सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु ।’

स्मार्ट पानी प्रालिका प्रबन्ध निर्देशक सुमन शाक्यले भने ‘हामी निकै खुसी छौं, ती ८ वटा रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज सिस्टम त्रिभुवन युनिर्भसिटि टिचिङ हस्पिटलसँग कोकाकोलाको सहकार्यमा संचालन गर्न पाउँदा निकै खुसी छौं ।

कोकाकोलासँग जोडिएर यस्तै किसिमका अन्य योजनामा हामीले कामगर्दै आएका छौं । धेरै संस्थाहरुले यो प्रविधिलाई कार्यन्वयनमा लैजानु महत्वपूर्ण भइसकेको छ । जसले संस्था र समुदायहरुलाई बर्षदको पानी संकलन गर्ने योजनामा ठुलो सहयोग पुग्ने छ ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सने भन्छन् ‘हामी हाम्रो सामाजिक कार्यप्रति प्रतिबद्ध छौं, विश्वभर नै कोकाकोलाले यस्ता सामाजिक कार्य गर्दै आएको छ । अहिले हामी पानीको समस्या समाधानकोलागि सृजनसिल समाधानको खोजीमा छौं । जमिन मुनिको पानी रिचार्ज गर्न हामी फरक कार्यक्रम र सहकार्यको खोजीमा छौं ।

म सम्मान गर्न चाहन्छु टिचिङ हस्पिटलको नेतृत्वलाई जसले आरडब्लुएच र आरडब्लुआरको आवश्यकतालाई बुझेर यसको कार्यन्वयन गरे । हामी आभारी छौं यस कार्यमा टिचिङ हस्पिटलसँग सहकार्य गर्न पाएकोमा, देशकै मुख्य स्वास्थ्य सेवा दिने स्थानमा पहिलो रेन हार्भेसटिङ र ग्राउन्ड वाटर रिचार्ज सिस्टमको एक हिस्सा बन्न पायौ । मलाई विस्वास छ, अन्य यस्तै संस्थाहरुको लागि यो एक उदाहरणिय योजना बन्ने छ ।’