राजनीति

नेविसंघको केन्द्रीय प्रवक्तामा त्रिचन्द्र क्याम्पसका बिद्यार्थी जोशी

काठमाडौँ । नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन् । नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहेका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न र प्राज्ञिक तथा सूचना प्रविधिको प्रयोग गरी संगठनलाई अझ थप योगदान पु¥याउने जिम्मेवारीपत्रमा उल्लेख गरे ।

नैनसिंह महर अध्यक्षमा निर्बाचित भएपश्चात नेबिसंघले प्रवक्ता नियुक्ती गरेको थिएन । काँग्रेसले बिभिन्न निर्बाचन हारेपछि भातृसंस्थाहरुसमेत बलियो बनाउने रणनीति बमोजीम प्रखर बिद्यार्थी नेता समेत रहेका बिचन्द्र क्याम्पसका नेता जोशीलाई प्रवक्ता नियुक्ती गरिएको अध्यक्ष महरले बताए ।

– प्रेम जोशी