राजनीति

उपेन्द्र यादबलाई समेत समेटेर यसरी ४ बजे मन्त्रीपरिषद बिस्तार गर्दैछन् प्रधानमन्त्री ओली

काठमाण्डौ । फागन ३ गते प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले आज ४ बजे शीतल निवासमा मन्त्रीपरिषद बिस्ताग गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रथमपटक दुईजना मन्त्रीलाई सपथ ख्वाएका प्रधानमनत्रीले माओबादीबाट मन्त्री बन्नेहरुले लिष्ट पाइसकेपनि आफ्नै पार्टीका धेरै साँसदहरुले मन्त्री बन्ने ईच्छा देखाएका कारण छान्न सकेका छैनन् । ३ बजे भनेर समाचार आएपनि आधिकारिक समय आएको हो ।

माओबादीबाट रामबहादुर थापा गृहमनत्रालय सहित सरकारको नेतृत्व गर्नेछन् भने एमालेबाट मन्त्री बन्ने छान्न बरिष्ठ नेता माधब कुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम, ईश्वर पोख्रेल लगायतका शीर्ष नेताहरु गृहकार्य गरिरहेका छन् ।  माओबादी केन्द्र र एमालेका मन्त्रीहरुको नाम आन्तरिक रुपमा लगभग टुंगिएको छ ।

पहिलोपटक भागबण्डा नमिलेका कारण माओबादी केन्द्रले नानम नपठाएपनि आज बिहान आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेहरुको नाम प्रधानमन्त्री ओलीलाई बुझाएको छ । अध्यक्ष दहालले आईतबार नै मन्त्री परिषद बिस्तार हुने बताएपनि माओबादी केन्द्रले समेत नानमाहरु पठाउन नसकेका कारण हिजो बिस्तार हुन सकेन ।

एमालेले सबै नाम छान्न नसकेमा केही नामहरु छानेर अर्कोपटक बिस्तारका लागी राखेर भएपनि आज मन्त्री परिषद बिस्तार गर्ने मनशायमा प्रधानमन्त्री ओली रहेको वालुवाटार स्रोतको दाबी छ ।

हाल मन्त्रिपरिषद् तीन सदस्यीयमात्र छ भने पछिल्लो संशोधित कार्यसम्पादन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए । एमालेले अर्थ तथा योजना र केन्द्रले गृह मन्त्रालयसहित विभिन्न मन्त्रालयको जिम्मेवारी लिने आपसी सहमति भइसकेको बुझिएको छ । दुवै दलले मन्त्री चयनको अन्तिम निर्णयको अधिकार पार्टी अध्यक्ष एवं शीर्ष नेतालाई दिएका छन् ।

आज बन्ने मन्त्रीपरिषदमा उपेन्द्र यादबको संघीय लोकतान्त्रीक फोरम समेत सहभागी हुने सम्भाबना छ ।