राजनीति

प्रदेश ४ लाई सुशासनको नमूना बनाउछौँः मुख्यमन्त्री गुरुङ

सुन्दरबजार, लमजुङ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई सुशासनको नमूना बनाउने दाबी गरेका छन् ।

लमजुङमा आयोजित आठौँ सुन्दरबजार महोत्सवको उद्घाटन गर्दै उनले भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि कार्यदल बनाई अनुगमन गर्ने र गल्ती भेटिएमा तत्काल कारबाही गर्ने बताए ।

फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश नम्वर ४ जलविद्युत, पर्यटन र कृषिका लागि उत्कृष्ट प्रदेश भएको दाबी गरे । उनले १० वर्ष भित्र ५ हजार मेगावाट विद्युत उत्पादन गरी घरघरमा विजुली, जनजनमा शेयर अभियानलाई सार्थकता दिने बताए ।

लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार इकाइको आयोजनामा भएको महोत्सव आठ दिन सञ्चालन हुनेछ ।