खेलकुद

राखेपको लेखा सम्वन्धि सफ्टवेयर तालिम सम्पन्न

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा भएको लेखा सम्बन्धी सफ्टवेयर तालिम आईतबार सम्पन्न भएको छ ।

लेखा सम्वन्धि समय सापेक्ष तथा नयाँ प्रबिधीलाई प्रयोग गर्दै भर पर्दो रुपमा सहज र सरल रुपले लेखा व्यवस्थापन गर्नु आजको आवश्यकलाई महसुस गर्दै आयोजना गरिएको तीनदिने तालिममा पाँच विकास क्षेत्र, केन्द्र, काठमाडौं, ललितपुर र भक्तपुरमा लेखा सम्बन्धी कार्यमा संलग्न ४० कर्मचारी सहभागी छन् ।

सहभागीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले प्रमाण पत्र प्रदान गरे ।

सो कार्यक्रममा बोल्दै सदस्य सचिव बिष्टले यो पहिलो प्रयास मात्र भएको भन्द्र यस तालिमले सम्पूर्णता प्राप्त नहुने भएकोले आगामी दिनमा अझ बढि ज्ञान हासिल गर्न यसले प्रोत्साहन प्रदान गर्ने बताए । उनले अझ बढि ज्ञान प्राप्त गर्न चाहने ब्यक्तिहरुलाई अझै अध्ययन गर्न आफुले सहयोग गर्ने बताए ।

तालिमममा सहभागिहरुले यस तालिमबाट आफुहरुले नयाँ प्रविधीको ज्ञान हासिल गरेको भन्दै आगामी दिनमा लेखा सम्वन्धि काममा सहज हुने बताए ।