आर्थिक

ग्लोबल आइएमई बैंकको एकैदिन ६ वटा शाखा उद्घाटन

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आइतबार एकै दिन ६ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं. ६, गोरखाबजार, बारा जिल्लाको निजगढ नगरपालिका वडा नंं. ९, निजगढ, मोरङ्ग जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नंं. १०, बिराटचोक, काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका वडा नंं. १०, मनमैजु, काठमाण्डौ जिल्ला कै बूढानीलकण्ठ नगरपालिका वडा नंं. ६, हात्तिगौडा र डोटी जिल्लाको बोगटान गाउँपालिका वडा नंं. १०, चवारा चौतारामा ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

थप ६ स्थानमा शाखा कार्यालय संचालनमा ल्याए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १२० पुगेको छ । यस्तै हिसाबले अगाडी बढे साखामा सबैभन्दा ठूलो बैंक हुनेमा बैंक सबैभन्दा ठूलो बैंक हुने सम्भाबना देखिएको छ ।