पर्यटन/संस्कृति

पर्यटन व्यवसायी सङ्गठनमा आचार्य

काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा मदनकुमार आचार्य निर्वाचित भएका छन् ।

शुक्रबार र शनिबार दुई दिनसम्म भएको संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनले दुईवर्षीय कार्यकालका ५९ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । संगठनका उपाध्यक्षमा घनेन्द्रबहादुर श्रेष्ठ, सिएन पाण्डे, सीताराम सापकोटा, कृष्णकुमार अर्याल, सूर्यबहादुर भुजेल, कृष्णहरि खत्री, टीकाराम गुरुङ र राजेन्द्रप्रसाद सापकोटा चयन भएका छन् ।

महासचिवमा पूर्णबहादुर कुँवर, उपमहासचिवमा कृष्णराज भट्टराई र पूर्णचन्द्र भुसाल तथा सचिवमा शिव लामिछाने, कुमार थापा, वीरेन्द्रबहादुर अधिकारी, यमबहादुर खड्का, नारदकुमार लुइँटेल, लक्ष्मण लम्साल, ङावाङिमा शेर्पा र मदन भण्डारी निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा कलाधर बराल र सहकोषाध्यक्षमा तारानाथ लामिछानेलाई सर्वसम्मत चयन गरिएको छ ।