राजनीति

संसदीय दलमा देउवा, कोईराला र सिंह मैदानमा, स्रोत भन्छ, ‘सभापति देउवा ५० भन्दा बढी मत ल्याएर बिजयी हुन्छन्’

काठमाण्डौ । नेपाली काँग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । काँग्रेसमा जम्मा ७६ जना सांसद छन् । राष्ट्रिय सभामा १३, समानुपातिकमा ४० र प्रत्यक्षमा ४० गरेर जम्मा ७६ जना पुगेका हुन् ।

संसदीय दलको नेता बन्न काँग्रेस सभापति शेरबहादुर देउवा आफ्र लविङ गरिरहेका छन् भने अर्को पक्षबाट महामनत्री डा. शसाँक कोइराला र प्रकाशमान सिंहको लविङ तीब्र रुपमा भईरहेको छ । केन्द्रय सदस्य रहेका प्रकाशमान सिंह काँग्रेस पूर्र्ब महामन्त्री हुन उनले काठमाण्डौ १ बाट निर्बाचित भएदेखि नै सभापति देउवाको बिरोध गर्दै आईरहेका छन् ।

अर्कोतिर नवलपरासीलाई राजनीतिक क्षेत्र बनाएका डा. शसांक कोईराला बीपी कोईरालाका कान्छा छोरा हुन् । डा. कोईराला सभापति देउवाले सहयोग गरेमात्र संसदीय दलको नेता बन्ने दाउमा छन् भने प्रकाशमान सिंह रामचन्द्र पौडेल पक्षको उमेर्द्वार भएर सभापति देउवासंग कम्पीडिसन गर्ने दाउमा छन् ।

सिंहले संसदीय दलको नेतामा हार्नेभएपनि उक्त समूहको नेतृत्व गर्ने हिसाबले बरिष्ठ नेता पौडेलको रोजाईमा समेत परेका छन् । डा शसांक कोईराला समेत उही समूहका भएपनि पछिल्लो समयमा देउवासंग समेत नरम देखिन्छन् । सभापति देउवासंग नजिक नरम भएका कारण १३ औं महाधिवेशनदेखि नै बरिष्ठ नेता पौडेल र डा. कोईरालाको संबन्ध त्यति राम्रो छैन, पौडेल निकट एक साँसद भन्छन् ।

सभापति देउवा निकट स्रोतले ७६ साँसद मध्ये ५० भन्दा बढी साँसदको मतबाट सभापति देउवा बिजयी हुनेछन् । त्रीपक्षीय भीडन्त हनुे सम्भाबना कम छ । यदी त्यसो भएमा भने सभापति देउवालाई अप्ठ्यारो पर्न समेत सक्छ ।

आजको बैठकले संसदीय दलको निर्बाचनको मिति तोक्ने छ, उक्त मिति साँसदहरुको सपथपछिमात्र तोकिनेछ र बैठकले बिधान संसोधनको बिषयमा समेत केही निर्णय हुनसक्ने छ, उक्त कुरा काँग्रेस प्रवक्ता बिश्वप्रकास शर्माले सुर्यखबरलाई बताए ।

बरिष्ठ नेता रामचन्द्र पौडेल निर्बाचनमा पराजय भएर साँसद नभएका कारण संसदीय दलको नेताको आकाँक्षी बन्न पाएनन् ।