खेलकुद

तेक्वान्दोको प्रवद्र्धनमा जोड

इटहरी । प्रदेश नं १ का सामाजिक विकास मामिलामन्त्री जीवन घिमिरेले देशको आमूल परिवर्तनका विषयमा आफैँबाट नयाँ परिवर्तनको थालनी गर्न जरुरी रहेकोतर्फ आफू सचेत भएर लागेको बताए ।

मन्त्री घिमिरेले शुक्रबार इटहरीको रंगशालास्थित तेक्वान्दो एकेडेमी भवनमा प्रदेश नं १ तेक्वान्दो संघको पदस्थापना समारोहलाई सम्बोधन गर्दै प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरका महत्वपूर्ण स्थानका चर्पी प्रयोगयोग्य नरहेको पाइएकाले यसमा सबैले सुधार गर्न सचेत भएर लाग्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवाले प्रदेश सरकारले गर्ने कामको ठोस मार्गचित्र तयार हुने बताए ।

तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले आजभन्दा ३५ वर्षअघि शुरु भएको तेक्वान्दो खेलले देशको शिर उच्च राख्न तथा नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण उपलब्धि दिँदै आएकाले यसको प्रवर्धनमा केन्द्र, प्रदेश र स्थानीय तहसम्मले चासोपूर्वक काम गर्नुपर्ने बताए ।

प्रदेश १ तेक्वान्दो संघका अध्यक्ष शैलेश विष्टलगायत रहेको नयाँ निर्वाचित कार्यसमितिलाई प्रशिक्षक टार्जन सुब्बाले पद तथा गोपनीयताको शपथ गराई पदस्थापन गराए ।