पु.समाचार

एसएसपी पोख्रेलले गरे चमत्कार, यसरी पर्न थाले मोटर साईकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौ । नेपाल प्रहरीको काठमाण्डौ परिसरले मोटरसाईकल चोरहरु पक्राउ गरेको छ । सर्बसाधारणहरुले रखेको मोटरसाईल, स्कुटर लगायतका सवारी साधनहरु हराएर हैरान भएपछि आक्रमक बनेको प्रहरीले बिभिन्न ठाँउबाट चोरहरुलाई पक्राउ गरेको हो ।

परिशरले एक बिज्ञप्ती जारी गर्दै जिल्लामा विभिन्न मिति र समयमा विभिन्न स्थानहरुवाट स्कुटर, मोटरसाईकलहरु चोरी गरी चोरेका सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरि वेचविखन गर्ने गिरोहहरु सक्रिय भई वौद्द ईलाकामा आधार क्षेत्र वनाएर चोरी गर्ने भन्ने यस परिसरमा विशेष सुचना प्राप्त भए पश्चात तत्काल मनप्र वृत्त वौद्द र प्रभाग कपन तथा साँखु लाई निगरानी वढाई चेकजाँच गर्ने व्यवस्था मिलाउन भन्ने जानकारी गराएको, मिति २०७४/११/०८ गते वौद्द कपन साँखु ईलाकामा चेकजाँच तथा कर्डन एण्ड सर्च गर्दा प्रभाग कपनद्दारा खटिएको टोलीले काठमाण्डौ महानगर वडा न ६ तेन्जिङ्गचोक नजिक वा ८९ प २१३५ नं. को मोटरसाईकल चढी आएका निम्न व्यक्तिहरुलाई शंका लागी सोधपुछ गर्दा निजहरुले चढी रहेको मोटरसाईकल चोरीको भएको र निजहरुले का।जि ठमेलवाट चोरी गरेको खुल्न आएको बताएको छ ।

त्यस्तै परिशरले पक्राउपरेकाहरु वृत्त वौद्दवाट  विभिन्न मिति र समयमा विभिन्न स्थान वाट अन्य मोटर साईकलहरु समेत चोरी गरेको भनि वताएको र ति मोटरसाईकलहरु चावहील मित्रपार्क स्थित सेण्ड एस ईन्टरप्राईजेजमा लगी मा लगी मोटरसाईकल को आकार र नम्वर परिवर्तन गरि विक्रि गर्ने गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

अभियुक्तहरुले लुकाई राखेको स्थानवाट अन्य मोटरसाईकलहरु समेत वरामद गरि सम्मानित जिल्ला अदालतवाट मुलुकी ऐन चोरी महल अन्तर्गत म्याद थप गरि आवश्यक अनुसन्धान कार्य भई रहेको बताएको छ।
केहिदिन अघिमात्र सरुवा भएर आएका एसएसपी विश्वराज पोख्रेलले अपराधीलाई कडा भन्दा कडा सजाय दिने अभियान चलाएका कारण काठमाण्डौका मोटरसाईकल चोरहरु प्रकाउ पर्न थालेका छन् ।