आर्थिक

ग्लोबल आइएमई बैंकले क्रिकेट खेलाडी दिपेन्द्रलाई प्रायोजन

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्नो एघारौँ वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पु¥याय बापत सम्मान स्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षको लाई प्रयोजन गरेको छ ।

ग्लोबल आइएमई बैंक लि. को रजिष्र्टड कार्यालय कमलादीमा आयोजित एक समारोहका विच बैंकले ऐरीलाई प्रयोजन गरेको घोषणा गरेको हो । प्रायोजन पछि बैंकले ऐरीलाई एक वर्षका लागि रु. ४,००,००० (मासिक रु. २०,००० हजार र बाँकी रकमको क्उयचतक प्ष्तक) प्रदान गर्नेछ ।

आज ग्लोबल आइएमई बैंकको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई सम्मान गरेको बताए ।

साथै उनले नेपाली क्रिकेट टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग – डिभिजन २ मा गरेको उल्लेखनीय प्रदर्शनको प्रसंशा गर्दै आउँदो विश्वकपको लागि हुने क्वालिफायर्सका लागि शुभकामना र अग्रिम बधाई पनि व्यक्त गरे ।

समारोहमा क्रिकेट खेलाडी ऐरीले बैंकले आफुप्रति देखाएको सम्मानले आफु उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि अझ बढि प्रेरणा मिलेको बताएका थिए ।

सोहि समारोहमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट प्रति कर्पोरेट हाउसहरुले देखाएको सम्मानले आफुहरुलाई थप उर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा पनि नेपाली खेलाडीहरुलाई माया र सम्मानको अपेक्षा व्यक्त गरे । साथै उनले दिपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमई बैंक लि.ले गरेको प्रयोजन प्रति खुशी व्यक्त गरे ।