आर्थिक

माछापुच्छ्रे बैंक लिमिटेडको सि–आस्बा सेवा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले ग्राहक सुविधालाई केन्द्रित गरीसम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिष्ट्रेशन नम्बर लिने व्यवस्था मिलाएको छ । शुक्रबारबाट धितोपत्रकोे सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदनगर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिनपर्ने ब्यवस्था भएकाले बैंकले यस्तो सेवा सुरु गरेको हो । यस व्यवस्थापश्चात अब ग्राहकले यस बैंकको कुनै पनि शाखाबाट सि–आस्बा रजिष्ट्रेशन नम्बर लिई सि–आस्बाप्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्छन् ।

ग्राहकले अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ्गद्वारा प्रदान गरिएको मेरो शेयर सेवा आफ्नो डिम्याटखाता भएको निक्षेप सदस्यमा गई उक्त सेवालिन समेत अनुरोध गराएको छ । साथै यस बैंकको सम्पूर्ण शाखाहरु मार्फत डिम्याट खाताखोल्न सकिने र मेरो शेयरमा पनि दर्ता गर्न सकिने तथा शून्य मौजदातमै बचत खाता खोल्न सकिने व्यवस्था समेत रहेको व्यहोरा जानकारी गराएको छ ।

बैंकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैँकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।