पर्यटन/संस्कृति

पर्यटन बोर्डका पूर्ब कार्यकारी अधिकृत सुवास निरौला सहित ३ जना भ्रष्टाचारी ठहर, यस्तो छ अदालतको दण्ड

काठमाण्डौ । तत्कालील नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत सुवास निरौलालाई भ्रष्टाचार गरेको अभियोगमा दोसी ठहर गरेको छ । पर्यटन बोर्डका पूर्ब कार्यकारी अधिकृत निरौला, तत्कालीन लेखा प्रमुख अनिल कुमार दास र वर्डडवाईड ट्राभल एजेन्सीका संचालक महेन्द्र खनाललाई बिशेष अदालतले दोसी ठहर गर्दै सजाय सुनाएको हो ।

तत्कालीन अख्तियार प्रमुख लोकमनसिंह कार्कीले दायर गरेको मुद्धामाथी फैसला गर्दै सुवास निरौला लगायत तीन जनालाई आज सजायको फैसला सुनाएको हो । मुद्धा परेका बाँकी २० जनाले भने सफाईपाएका छन् ।

पूर्बप्रमुख निरौलालाई ७ बर्ष कैद, ८० लाख ५१ हजार बिगो र ५४५९ हजार जरिवाना तोकेको छ भने निलम्बित लेखा अभिधकृत दासलाई ६ बर्ष कैद ५० लाख २९ हजार बिगो र २४ लाख ३७ हजार जरिवाना सुनाएको छ । अदालतले ट्राभल एजेन्सीका संचालक खनाललाई भने १ लाख ५४ हजार बिगो ठहर गरेको समाचारछ । पूर्बसचिब शुशील घिमिरे, सरदचन्द्र पौडेलसहित २० लाई अदालतले सफाई दिएको छ ।

अख्तियारले एक अर्ब ५१ करोड ८४ लाख ४४ हजार ८ सय २७ रुपैर्याँको भ्रष्टाचार गर्दै मुद्धा दायर गरेको थियो । तत्कालीन प्रमुख निरौलाको नाममा मात्र झण्डै ३४ करोडको भ्रष्टाचार गरेको आरोप थियो । अदालतको नियन्त्रामा रहेका निर्रोला ३ करोड धरौटी जमानतमा छुटेका थिए ।

२०७१ साल चैत २० गते मुद्धा दायर भएका उनीहरुको मुद्धाको फैसला एक महिना लामो छलफलबाट भएको हो । आफ्नै छोरीले प्रकाशन गर्ने एउटा साधारण मासिक म्याग्जीनका लागी मासिक एक लाख गरी बर्षको १द्द लाख उपलब्ध गराएको, जागिर छाडेका र बिदेश गएक कर्मचारीके नाममा रकम झिकेर दुरुपयोग गरेको, बिबिसीम १३ करोडको बिज्ञापन गर्दा २ करोड कमिसन लिएको अख्तियारको दाबी थियो ।

निरौलाले ६८ ६९ मा ५१ लाख ९८ हजार ५९ रुपैयाँ, ०६९ ७० मा १ करोड १२ लाख ३० हजार ९४० र ०७१ ७१ मा एक् करोड२३ लाख ८१ हजार ५५१ रुपैंया बिभिन्न बैंकबाट झिकेको प्रमाण भेटिएको थियो ।

उनी सर्बोच्च अदालतमा पुनराबेदनका लागि जाने सम्भाबना रहेपनि निरौलाको अभियोगको सफाई हुने सम्भाबना भने देखिदैन ।