शिक्षा

पोखरा विश्वविद्यालयको पन्ध्रौँ दीक्षान्त समारोह

पोखरा । पोखरा विश्वविद्यालयको १५ औँ दीक्षान्त समारोहबाट चार हजार ८२६ जना विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुङ्गेपाटनमा आज आयोजित दीक्षान्त समारोहमा विभिन्न संकाय अन्तर्गतका स्नातक, स्नातकोत्तर तहका विद्यार्थी दीक्षित गरिएको हो ।

कार्यक्रममा पूर्वप्राज्ञ वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ (बैरागी काँइला)ले मुलुकको जैविक, धार्मिक, सांस्कृतिक तथा भाषिक एकतामा बाँध्नुपर्ने बताए ।

नेपाल विविधतायुक्त मुलुक भएको बताउँदै उनले प्राकृतिक स्रोतको सदुपयोग गर्ने किसिमको जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको छ भने ।

पूर्वप्राज्ञ नेम्बाङले कार्यक्षेत्रमा इमान्दारी र कर्तव्यनिष्ठ भई देशको गौरव र प्रतिष्ठा अभिवृद्धिका गर्न दृढ संकल्पित हुनुपर्नेमा जोड दिदैं कर्मभूमि र जन्मभूमिमा निरन्तर सम्बन्ध कायम राखी सिर्जनात्मक कार्यमा अगाडि बढ्न विद्यार्थीलाई आग्रह गरे ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवीप्रसाद शर्माले दीक्षित विद्यार्थीले आर्जन गरेको ज्ञान र सीपको उपयोगबाट देशको सर्वाङ्गिण विकास र आप्mनो उज्ज्वल भविष्य निर्माण सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

दीक्षान्त समारोहमा स्नातकोत्तरतहका सम्पूर्ण कार्यक्रममा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थी विज्ञान तथा प्रविधि संकाय कम्प्युटर इन्जिनियर हेमप्रभा रामप्रताप कर्ण, वातावरण व्यवस्थापनका गणेश पौडेल, व्यवस्थापन संकाय व्यवसाय प्रशासनका समीप पाण्डे र व्यवसाय प्रशासनकै श्वेता तिमिल्सिनालाई कुलपति पदकबाट सम्मान गरिएको थियो ।

त्यसैगरी, व्यवस्थापन संकायतर्पm व्यवसाय प्रशासन स्नातकोत्तरमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी समीप पाण्डे र श्वेता तिमिल्सिनालाई लक्ष्मी विद्या पदक र स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउने निपेश श्रेष्ठलाई उपकुलपति पदक प्रदान गरिएको थियो ।

कार्यक्रममा कम्प्युटर एप्लिकेशन स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी आयुस श्रेष्ठलाई ओसिम गोल्ड मेडल वितरण गरिएको थियो । दीक्षित विद्यार्थीमध्ये विभिन्न संकायबाट स्नातकोत्तर तहमा ८५ तथा स्नातक तहमा २६२ जना विद्यार्थी परेका थिए ।

व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय, स्वास्थ्य विज्ञान सङ्काय र मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालन भएको पोखरा विश्वविद्यालयका आङ्गिक महाविद्यालयका रूपमा चारवटा स्कूल र एउटा काउन्सिल सञ्चालनमा रहेको कार्यक्रममा जानकारी दिइयो ।

आङ्गिक महाविद्यालय स्नातकतहमा १०, स्नातकोत्तरतहमा नौ र विद्यावारीधि दुईसहित कूल २१ वटा कार्यक्रम सञ्चालन गर्दै आएको पोखरा विश्वविद्यालयबाट हालसम्म ३२ हजार जना विद्यार्थी दीक्षित भइसकेको रजिस्ट्रार गोविन्दप्रसाद शर्माले जानकारी दिए ।