आर्थिक

प्रभु बैंकको शाखा एकडरा गाँउपालिकामा

काठमाण्डौ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा खोलेको छ । साखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. १माआजदेखि आप्mनोशाखाकार्यालय सञ्चालनमाल्याएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकबाट एक समारोहकाविच बैंकको एकडारा शाखाकार्यालय समुद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा महोत्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ महोत्तरीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकको यस एकडारा शाखा कार्यालय स्थापना पश्चात् यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आमसर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्धभएको बताए ।

आजदेखि सञ्चालनमा आएको एकडारा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।