पु.समाचार

मानव ओसारपसारमा संलग्न पंजियारलाई सिबिआईले पक्राउ गर्यो

काठमाण्डौ । टिकाराम विश्वकर्मा र किरण मगरलाई मकाउ लैजान्छु भनी करीब ३ महिनासम्म भारतको नयाँ दिल्लीमा राखी अन्तमा टर्कीमा राम्रो कमाई हुन्छ भनी झुक्याई प्रलोभनमा पारी जनही रु. ६,५०,०००।– दरले रकम लिई पठाएकोमा पिडितहरु टर्कीमा अपहरणमा परी १३०० डलर फिरौती रकम बुझाई नेपाल फर्किए पश्चात पिडितहरुले यस व्युरोमा दिएको जाहेरीको आधारमा मानव ओसारपसार गर्ने प्रतिवादी ओम प्रकाश कुमार पंजियारलाई मिति २०७४.११.०६ गते यस के.अ. व्युरोको टोलीले जि. काठमाण्डौबाट पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा दिन पाँच (५) म्याद थप भई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । सिबिआईले पे्रश बिज्ञप्ती जारी गर्दै बताएको छ ।