स्वास्थ्य

वीपीमा हाडजोर्नी सम्बन्धि इमरजेन्सी सेवा

धरान । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी सम्बन्धि छुट्टै इमरजेन्सी सेवा सञ्चालनमा आउने भएको छ । कक्ष स्थापना गरी सेवा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख प्रा.डा. पशुपति चौधरीले बताए ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारवाट माघ १० गते समुद्घाटन गरी सञ्चालनमा आउन लागेको उक्त Orthopedic Emergency सेवाको क्षमता हाल १५ शैयाको रहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताए ।

हाडजोर्नीको छुट्टै इमरजेन्सी सेवा विस्तार भएपछि विरामीहरुले सहज उपचार पाउने र चिकित्सकलाई पनि उपचारमा सहजता आउने भएको छ । प्रतिष्ठानको GOPD Block मा Orthopedic Emergency कक्षको छुट्टै स्थापना गरिएको प्रतिष्ठानका सुचना अधिकारी सुजेन्द्र तामाङले बताए ।