आर्थिक

भक्तपुर रेडक्रसको बजेट तीन करोड

नगरकोट । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३औँ जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ ।

शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५/७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै सांसद महेश बस्नेतले भक्तपुर रेडक्रसले मानवीय सेवाका गतिविधि सञ्चालन गरी देशभरी आफ्नो पहिचान राखेको बताए । सफल नेतृत्वको उदाहरणको रुपमा भक्तपुर रेडक्रसलाई लिनुपर्ने कुरा बताउँदै उनले भक्तपुर रेडक्रसले रक्तसञ्चार सेवामार्फत देशैभरी ख्याति कमाएको बताए ।

“पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रममा नेपाल रेडक्रससँग स्थानीय तथा केन्द्रीय सरकार सधैँ सहकार्य गर्न तत्पर छ,” उनले भने ।

नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक अध्यक्ष अजितकुमार शर्माले मानवीय सेवाका क्षेत्रमा भक्तपुर रेडक्रस अनुकरणीय र उदारणीय कार्य गर्न सफल भएको बताए ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भक्तपुरले भूकम्प पूर्वतयारीको कार्यक्रम नमूनाको रुपमा सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराए ।