पु.समाचार

राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेलको नाम सिफारिश

काठमाडौँ । सरकारले राष्ट्रियसभा सदस्यमा तीन व्यक्तित्वको नाम सिफारिश गरेको छ ।  मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अर्थशास्त्री डा युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जानकारी दिए।

उनन्साठी सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना सदस्य यसअघि नै निर्वाचित भइसकेका छन् ।